डी.के.वाइबा), कालेबुङ ६फरवरी: अखिलभारतीय गोर्खालीग (अभागोली) पार्टी अध्य्क्ष मदन तामङले शुक्रबार दार्जीलिङमा पार्टीको कार्यक्रम घोषणा गर्दै जनता कर्फ्यूको घोषणा गरेपछि गोर्खा जनमुक्ति पार्टीले प्रतिक्रिया जाहेर गरेको छ । मोर्चाका प्रचार प्रसार सचिव डा.हर्कबहादुर छेत्रीले प्रतिक्रिया जाहेर गर्दै यसलाई जनता बिनाकाहरुको जनता कर्फ्यू भनि बताए । मोर्चाले जनभावनाको कदर नगरी गोर्खाल्यण्डको मागमा कम्प्रोमाइज गरेको लीग अध्यक्ष तामङको दाबीलाई डा.छेत्रीले पूर्ण आदरहीन रहेको दाबी गरे । डा.छेत्रीले लीग अध्य्क्ष तामङ मलाई सब थाह छ भन्ने रोगले पिड़ीत रहेको आरोप लगाए । "म टेबलमा बसेर डिस्कस गर्छु भन्ने तामङ कालेबुङमा टेबलमा तर्क गर्न किन आएन ? "भन्ने प्रश्न गर्दै त्यो तामङसित सत्यको सामना गर्ने साहस नभएर हो भनि छेत्रीले बताए । तामङले कालेबुङमा आयोजित गोर्खाल्यण्ड अन् द टेबल कार्यक्रममा सबैको सामु सत्य साबित गर्न नसक्ने थाह भएपछि एकलै गर्जिने बाघ वास्तवमा बिरालो रहेछ भर्न्ने जनताले थाह पाँउछन् भनेर रिस्क उठाउँन नचाहेको पनि तिनले दाबी गरे ।
तिनले अन्तरिम व्यवस्थाको कुरा दागोपाप बिघटनको निम्ति केन्द्र सरकारको सुझाव रहेको बताउँदै गोर्खाल्यण्डसित अन्तरिम व्यवस्थाको कुनै सम्पर्क छैन भने । "Without any prejudice to your long standing demand of Gorkhaland ,we need a set up to fill the vaccum created by the dissoulution of DGHC.Side by side your movement for separate state will continue.We dont say that you stop your agitation.It will carry on. "- यसरि केन्द्रीय गृह सचिवले स्पष्ट भनेका छन् भनि छेत्रीले बताए । अब अन्तरिमको अर्थ नबुझ्नेहरुलाई आन्दोलनको जिम्मा लगाउने कि राम्रो(पारसमणी बाबुको) अङ्ग्रेजी शब्दकोश पड़ने सुझाव दिने भन्दै यो दायित्व जनताको हो भनि छेत्रीले अझ भने ।
अर्कोतिर लीगले घरि घरि उठाएको सामुहिक नेतृत्वप्रति पनि छेत्रीले प्रतिक्रिया जाहेर गर्दै बिगतमा यो मौका PDF र संयुक्त मोर्चामा नपाएका होइनन् तर त्यसको कोक्याउने परिणाम जनताले बिर्सिएका छैनन् भनि छेत्रीले थप भने ।आजसम्म आलोचना बाहेक कुनै रचनात्मक कार्य नगर्नेहरुले कसरी सामुहिक नेतृत्वको कुरा गर्न सक्छन् ? छेत्रीले प्रश्न गरे ।सत्य र इमान्दारिता भनेको जनसभामा गरिने घोषणाहरु होइनन भन्दै अब जनता नभेएकाहरुको जनता कर्फ्यूमा जनतालेनै जवाब दिने पनि तिनले बताए । यदि जनताले नकारे राजनीतिबाट सन्यास लिनु पर्ने पनि डा.हर्कबहादुर छेत्रीले सुझाव दिए ।
TitBits: Indefinite Strike is called by GJVM in all Educational Institutions--
No Govt Vehicles will be allowed to ply--
BOBBNS has withdrawn its proposed strike in Siliguri--
2 hrs Chakka Jam withdrawn--
Janta Curfew called by ABGL on 9th Feb for 24 hrs in Hills and plains including Dooars. Relaxation in National highway 31A--
GJMM meeting on 7th Bimal Gurung will address at Deolo--
Sahid Diwas organised by AGJMM in Dooars at Birpara on 7th Feb--
Strike called by ABAVP on 7th in Dooars supported by Nagarik Manch--
Foundation day of GLP observed in Upper Fagu, Gorubathan, Bimal Gurung received the Guard of Honour.
No Govt Vehicles will be allowed to ply--
BOBBNS has withdrawn its proposed strike in Siliguri--
2 hrs Chakka Jam withdrawn--
Janta Curfew called by ABGL on 9th Feb for 24 hrs in Hills and plains including Dooars. Relaxation in National highway 31A--
GJMM meeting on 7th Bimal Gurung will address at Deolo--
Sahid Diwas organised by AGJMM in Dooars at Birpara on 7th Feb--
Strike called by ABAVP on 7th in Dooars supported by Nagarik Manch--
Foundation day of GLP observed in Upper Fagu, Gorubathan, Bimal Gurung received the Guard of Honour.
Sikkim Federation of Working Journalists meeting held
Gangtok, February 6:
The Sikkim Federation of Working Journalists (SFWJ) today met at Press Club of Sikkim here today wherein it adopted its constitution. The constitution was drafted by a three member committee comprising of working journalists Bijoy Gurung, Khagendramani Pradhan and Bhim Rawat.
Issued by